९ फागुन, डोटी । दाङमा नेकपा एमालेको चुनाव चिन्ह सूर्यअंकित झण्डा जलाएको विरोधमा शनिबार साँझ डोटीमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
एमालेनिकट नेशनल भोलेन्टियर फोर्सका सुदूरपश्चिम सहकमान्डर दिपेन्द्र खड्का नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय डोटी अगाडि मसाल बालेर विरोध जनाएको हो ।
नेशनल भोलेन्टियर फोर्स, राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रूपमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
दलले शान्तिपूर्ण गतिविधि गर्नपाउने संवैधानिक अधिकारविपरीत निर्वाचनको मुखमा पार्टीको झण्डा जलाउनु गैरराजनीतिक र गैरकानुनी भएको प्रदर्शनकारीहरूले बताएका छन् ।
‘कसैले हाम्रो विचार र आस्थाको प्रतिक झण्डा जलाउँदैमा हामी डगमगाउँदैनौँ,’ एमाले जिल्ला कमिटी सदस्य वीरबहादुर बिष्टले भने ‘तर हाम्रो आस्थामाथि प्रहार हुने हो भने चुप लागेर बस्दैनौँ ।’
एमाले डोटीले दोषिमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेको छ ।
प्रतिक्रिया 4