१३ फागुन, कैलाली । कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे छलफल भएको छ । बुधबार सुदूरपश्चिम प्रदेश सरकार र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको हो ।
छलफलमा मुख्यमन्त्री कमलबहादुर शाहले यो विश्वविद्यालय सञ्चालन भए सुदूरपश्चिमका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेभएकाले यथाशीघ्र सञ्चालन गर्नुपर्ने बताए । विश्वविद्यालय सञ्चालनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको पनि मुख्यमन्त्री शाहले बताए ।
विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारबारे छलफल भएको थियो ।
छलफलमा विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशी, रजिस्ट्रार प्राडा खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललगायत सहभागी थिए ।
प्रतिक्रिया 4