१७ फागुन, काठमाडौं । मध्यपूर्व तनावग्रस्त छ । अमेरिका र इजरायलको आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि शनिबार बिहानैदेखि मध्यपूर्व तनावग्रस्त बनेको हो ।
यसैबीच सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इजरायलले गाजा क्षेत्रमा पर्ने सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
प्यालेस्टिनी भूभागमा सरकारी गतिविधि समन्वय गर्ने इजरायली निकायले जारी गरेको विज्ञप्तिमा गाजा क्षेत्रमा जाने सबै नाकाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको उल्लेख छ ।
साथै सीमा नाका बन्द गरिए पनि यसले गाजाको मानवीय अवस्थालाई ‘कुनै प्रभाव नपार्ने’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
सीमा नाका बन्द गरिएसँगै गाजाको मानवीय संकट झनै गहिरिन सक्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4