+
+
Shares

ट्रम्पले गरे खाडी मुलुकका नेता र नेटो प्रमुखसँग कुरा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतार, युएईका नेताहरू र नेटो महासचिव मार्क रुटसँग कुराकानी गर्नुभएको छ।
  • ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पले यी नेताहरूसँग सवांद गरेको जानकारी अलजजिरालाई दिनुभएको छ।
  • इरानले अमेरिका र इजरायलको आक्रमणको प्रतिकारमा उत्रिएपछि मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ।

१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतार, यूएईका नेता र नेटो प्रमुखसँग कुराकानी गरेका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलजजिरालाई बताए अनुसार, ट्रम्पले नेटो महासचिव मार्क रुटसहित अन्य देशका नेताहरूसँग सवांद गरेका हुन् ।

‘राष्ट्रपति ट्रम्पले साउदी अरेबिया, कतार, युएईका नेताहरू र नेटो महासचिव मार्क रुटसँग कुरा गर्नुभएको छ,’ उनले सञ्जालमा बताएकी छिन् ।

यसअघि कतार लगायतका देशका प्रमुखहरूले पनि संयुक्त राष्ट्रसंघ लगायतसँग छलफल गरेका थिए ।

इरान अमेरिका र इजरायलको आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि शनिबार बिहानैदेखि मध्यपूर्व तनावग्रस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?