१७ फागनु, काठमाडौं । अमेरिकी सेनाले हालसम्म कुनै हाताहती वा घाइतेको रिपोर्ट प्राप्त नभएको बताएको छ ।
इजरायल र अमेरिकाले संयुक्त रुपमा गरेको आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि आफ्नो अहिलेसम्म कति क्षति भयो भन्ने रिपोर्ट यकिन भइनसकेको अमेरिकी सेनाले बताएको हो ।
अमेरिकी सेनाको केन्द्रीय कमान्डले जनाए अुनसार, इरानबाट प्रक्षेपितमिसाइल र ड्रोन आक्रमणलाई सफलतापूर्वक प्रतिरक्षा गरेको उल्लेख छ ।
अमेरिकी सैन्य स्थापनाहरूमा भएको क्षति न्यून रहेको सेनाको दाबी छ ।
ठूला देशहरूबीच भइरहेको सैन्य आक्रमणले खाडी मुलुक पनि प्रभावित भएका छन् ।
विभिन्न मुलुकमा रहेका नेपालीहरू पनि अहिले यो द्दवन्द्वको चपेटामा परेका छन् ।
अन्तर्राष्ट्रिय समुदायले आक्रमणरहित समाधान तथा युद्वविरामका लागि अपील गरिरहेका छन् । यद्यपि अहिलेसम्म द्वन्द्व कम गर्नेगरी छलफल भएको छैन ।
खाडी मुलुकका प्रमुखसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुराकानी भएको बताइएको छ ।
प्रतिक्रिया 4