+
+
Shares

इरानको दाबी– सर्वोच्च नेता खामेनी ‘सुरक्षित र स्वस्थ’ छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते २:४३

१७ फागुन, काठमाडौं । इरानले इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका हुन् ।

इजरायलका सञ्चारमाध्यमहरूले भने उनको मृत्यु भइसकेको संकेतसहितका खबरहरू प्रकाशन गरेको थियो ।

तर, सरकारी मिडियासँग कुराकानी गर्दै विदेशमन्त्री अराघचीले भनेका छन्, ‘जहाँसम्म मलाई जानकारी छ, खामेनी जिउँदो छन् ।’

सबै उच्च तहका अधिकारीहरू सुरक्षित रहेको समेत उनको भनाइ छ ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने धेरैभन्दा धेरै इरानी उच्च नेतृत्व मारिएको बताएका छन् ।

इजरायलीतर्फबाट खामेनीको मृत्यु भएको अनुमान लगाउने काम हुँदा इरानी अधिकारीहरूले उनी जीवित रहेको पुष्टि गर्ने प्रयास गरिरहेका छन् ।

–अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?