+
+
Shares

महोत्तरीमा इँटाभट्टाबाट मदिरा बरामद

विजय कुमार सिंह विजय कुमार सिंह
२०८२ फागुन १९ गते २१:४६

१९ फागुन, महोत्तरी । महोत्तरीमा प्रहरीले इँटाभट्टाबाट मदिराजन्य पदार्थ बरामद गरेको छ । भंगहा नगरपालिका–५ ढकिया टोलस्थित रहेको इँटाभट्टाबाट प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको हो ।

इँटाभट्टामा लुकाइछिपाइ राखेको मदिराजन्य पदार्थ बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार अर्ना बियर ३ कार्टुन, कर्णाली गोल्ड ७ कार्टुन, ब्रिक्स वाइन ३ कार्टुन, ब्ल्याक ओके १७ बोत्तल मदिराजन्य पदार्थ बरामद भएको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सभ्य, सुव्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गराउन फाल्गुन १४ गतेदेखि नै मदिरा बिक्री–वितरण तथा सेवन कार्यमा प्रतिबन्ध लगाएको छ ।

‘अहिले चुनावलाई लक्षित गरेर मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको छ । मतदानको पूर्वसन्ध्यामा ठुलो मात्रामा मदिराजन्य पदार्थ भेटिएकोले हामीले जफत गरेका हौ । इँटाभट्टामा २५० जनाभन्दा बढी मजदुर रहेको छ । त्यहाँ कुनै पार्टीको झण्डा अथवा पर्चा पम्प्लेट भेटिएन,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

बरामद गरिएको मदिराजन्य पदार्थ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?