+
+
Shares

सेयर बजारमा लाग्यो सर्किट ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चुनावपछि खुलेको सेयर बजारमा सोमबार कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको छ।
  • सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ।
  • यो बेलासम्म बजार १०८ अंक अर्थात् ४ प्रतिशतले बढेको छ।

२५ फागुन, काठमाडौं । चुनावपछि खुलेको सेयर बजारमा सोमबार सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो ।

सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यो बेलासम्म बजार १०८ अंक अर्थात् ४ प्रतिशत बढेको हो ।  सो अंकको वृद्धिपछि नेप्से २८२१ अंकमा कायम भएको छ । पहिलो १ घण्टााभित्र ४ प्रतिशत नेप्से बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुगेको छ । जसले गर्दा बजारमा लगानीकर्तामा विश्वास बढ्न गएको देखिन्छ ।

पहिलो सर्किट ब्रेकपछि बजारमा सबै समूहका सूचक बढेका छन् भने २२५ कम्पनीको मूल्य बढेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?