+
+
Shares

राष्ट्र र जनताको हितमा काम गर्न ध्यान केन्द्रित गर्ने राष्ट्रिय सभा सदस्यको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १५:५५

२५ फागुन, काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताउनुभयो । उहाले आफुहरुको भूमिका कानून निर्माणमा भएपनि जनताले बिकासको अपेक्षा आफुहरुबाट पनि गरेकाले समस्या हुने गरेको गुनासो गरे ।

त्यस्तै  राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देश बनाउनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा मिलेर अघि बढ्नुपर्ने बताए ।

मुलुकको बिकास, सुशासन लगाएतका लागि आवश्यक कानून बनाउनुपर्ने आवश्यकता देखिएकाले त्यसमा ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ ।

उनले अहिले दुईतिहाई वा बहुमत ठूलो कुरा नभएको भन्दै राष्ट्रिय हितका लागि कुनै कानुन रोक्ने काम नहुने र आफुहरुको पूर्ण सहयोग हुने धारणा राखे ।

त्यस्तै राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले जनता र राष्ट्रको हित हुने काममा सवैसंग सहकार्य गर्दै अघि बढ्ने बताइन् ।

प्रतिनिधिसभा जस्तै राष्ट्रियसभाले पनि यसअघि जस्तै जिम्मेवार भएर काम गर्ने उनको भनाइ छ ।

झाँक्रीले प्रतिनिधिसभा निर्वाचनको नजिताप्रति पार्टी कमिटीमा आवश्यक समिक्षा हुने उल्लेख गरिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?