News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लब र नव जन जागृति युवा क्लबले १-१ गोलको बराबरी खेलेका छन् ।
- नव जन जागृतिले दशौँ खेलमा आएर अंकको खाता खोलेको हो ।
- एनआरटी र श्री भगवती क्लबले दशरथ रंगशालमा १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
३० फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबल अन्तर्गत शनिबार भएका दुवै खेल बराबरीमा सकिएका छन् ।
लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र नव जन जागृति युवा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
लिगमा लगातार नवौँ हारपछि दशदँ खेलमा आएर बाराको नव जन जागृतिले अंकको खाता खोल्दै १ अंक जोडेको छ ।
खेल विक्रम थोकरको गोलबाट नव जन जागृतिले नै २६औं मिनेटमा पहिले अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न सकेन ।
सातदोबाटोका अरुण लामाले ४८औं मिनेटमा बराबरी गोल फर्काए ।
बराबरीपछि सातदोबाटो १० खेलबाट ८ अंक जोड्दै १४औं स्थानमै यथावत छ भने समान खेलबाट १ अंकसहित नव जन जागृति पूछार (१७औं स्थान) मै छ ।
यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार साँझ सम्पन्न भएको एनआरटीले श्री भगवती क्लबलसँग १-१ कै बराबरी खेल्दै अंक बाँडेको छ ।
कप्तान अन्जन विष्टले अन्तिममा गरेको गोलमा एनआरटीले हार टारेको हो । अन्जनले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल फर्काएका थिए ।
त्यसअघि बाखरोमजोन तुर्गुनपुलातोभले ६६औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई पहिले अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन ।
एनआरटीको यो लगातार दोस्रो बराबरी हो । यो बराबरीपछि एनआरटीले शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ । ११ खेलबाट २० अंक जोडेको एनआरटी सातौं स्थानमै छ । एक खेल कम खेलेकको त्रिभुवन आर्मी एफसीको पनि समान २० अंक रहेपनि गोल अन्तरमा एनआरटी पछि छ । श्री भगवती ११ खेलबाट ९ अंक जोड्दै १२औं स्थानमा उक्लेको छ ।
तस्बीर: एन्फा
प्रतिक्रिया 4