+
+
Shares

चिच्याउँदै १० लाख ७० हजारसम्म गनेर विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाइजेरियाली युवती फेभर ओगेजी एनीले लगातार ७० दिनसम्म आवाज निकालेर १० लाख ७० हजारसम्म गनेर विश्व कीर्तिमान कायम गरिन्।

विश्वभरका अनौठा कीर्तिमानका लागि चिनिने गिनिज बुकमा कहिलेकाहीँ निकै अचम्मका कीर्तिमानहरू दर्ता हुन्छन् । त्यसमध्ये नाइजेरियाली युवती फेबर ओगेजी एनीले बनाएको नयाँ कीर्तिमानलाई सबैभन्दा अनौठो र कठिनमध्येको एक मानिएको छ।

एनीले लगातार ७० दिनसम्म आवाज निकालेर अंकको गिन्ती गर्दै १० लाख ७० हजार सम्म पुगिन् र विश्व कीर्तिमान कायम गरिन्। घरभित्रै बसेर उनले त्यो काम सन् २०२५ अक्टोबर ८ देखि सुरु गरेर लगातार अभ्यासपछि पूरा गरेकी हुन्।

ठूलो स्वरमा बोलेर अंकको गणना गर्नु सामान्य कामजस्तो लाग्न सक्छ । तर दिनमा करिब १४ घण्टा अनि लगातार ७० दिनसम्म एउटै काम दोहोर्‍याउँदै गन्नु सजिलो कुरा होइन । यस्तो पट्यार लाग्दो कामले धेरैलाई थकित वा मानसिक रूपमा दबाबमा पार्न सक्छ ।

तर फेभरका अनुसार उनलाई गन्ने कामप्रतिको रुचि र नयाँ कीर्तिमान बनाउने दृढ इच्छाले निरन्तर अघि बढ्न प्रेरित गर्‍यो ।

उनले भनेकी छिन्- साँचै भन्नुपर्दा यो निकै कठिन थियो । तर गन्ने कामप्रतिको मेरो लगावले मलाई अघि बढाइरह्यो। मेरो टिमले निरन्तर साथ दियो र हौस्यायो । त्यसैले चुनौतिपूर्ण भए पनि यो यात्रा रमाइलो बन्यो।

फेभरले आफ्नो दैनिक गणनाको प्रक्रिया युट्युबमा लाइभ स्ट्रिम गर्दै गइन् । लाइभ हेर्ने दर्शकहरूको हौसला र समर्थनले पनि उनलाई थप ऊर्जा दियो । अन्ततः उनले डिसेम्बर १६ सम्ममा अंकको गिन्ती १० लाख ७० हजारको लक्ष्य पूरा गरिन् । त्यो सँगै उनले १८ वर्ष पुरानो रेकर्ड पनि तोडिन् ।

यसअघि यसरी आवाज निकालेर अंक गणना गर्ने कीर्तिमान १० लाखको थियो । तर फेभरले भने १० लाख ७० हजारसम्म गनेर नयाँ रेकर्ड कायम गरिन्।

रेकर्ड पूरा भएको अन्तिम क्षण सम्झँदै उनले भनेकी छिन्- अन्तिम दिन निकै भावुक थियो । अन्तिम संख्या उच्चारण गर्दा एकैसाथ राहत र खुसीको अनुभूति भयो । त्यो क्षण असाधारण थियो, किनकि मैले केही अनौठो र अद्वितीय उपलब्धि हासिल गरेकी थिएँ ।

जीवनमा केही फरक र असाधारण गर्ने चाहनाले आफूलाई त्यो चुनौती लिन प्रेरित गरेको उनले बताएकी छिन् ।

एजेन्सी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?