+

अयोग्य खेलाडी खेलाएको भन्दै मलेसियालाई कारबाही, नेपालले पायो ३ अंक

२०८२ चैत  ३ गते १४:१५ २०८२ चैत ३ गते १४:१५

एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामविरुद्धको खेलमा मलेसियाले अयोग्य खेलाडी खेलाएको ठहर गरेको हो ।

अयोग्य खेलाडी खेलाएको भन्दै मलेसियालाई कारबाही, नेपालले पायो ३ अंक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन फुटबल कन्फेडेरेसनको डिसिप्लिनरी तथा इथिक्स कमिटीले मलेसियाले नेपाल र भियतनामविरुद्धको खेलमा अयोग्य खेलाडी खेलाएको ठहर गरेको छ।
  • मलेसियाले एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडको आर्टिकल ५६ उल्लंघन गरेको र २०२५ को मार्च २५ र जुन १० को खेल मलेसियाले गुमाएको छ।
  • नेपाल र भियतनामले मलेसियालाई ३-० ले हराएको मानिनेछ र मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवाना गरिएको छ।

३ चैत, काठमाडौं । मलेसिया फुटबल संघले दुई खेलमा अयोग्य खेलाडी खेलाएको ठहर भएको छ । एसियन फुटबल कन्फेडेरेसनको डिसिप्लिनरी तथा इथिक्स कमिटीले एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामविरुद्धको खेलमा मलेसियाले अयोग्य खेलाडी खेलाएको ठहर गरेको हो ।

मलेसियाले एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडको आर्टिकल ५६ उल्लंघन गरेको डिसिप्लिनरी तथा इथिक्स कमिटीको ठहर छ । योसँगै २०२५ को मार्च २५ मा नेपाल र जुन १० मा भियतनामबिचको नतिजा मलेसियाले गुमाएको छ ।

नेपाल र भियतनामले समान ३-० ले मलेसियालाई हराएको मानिनेछ । यसअघि मलेसियाले नेपाललाई २-० र भियतनामलाई ४-० ले पराजित गरेको थियो ।

योसँगै नेपालले ५ खेलबाट पहिलो अंक जोडेको छ । एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत समूह एफमा रहेको नेपालले पहिलो ३ अंक पाएको हो । यस्तै इथिक्स कमिटीले मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवानासमेत गरेको छ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय