+
+
Shares

चौरजहारी नगरपालिकाका प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्पवादीसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्पवादीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • नगरप्रमुख वादीले कर्मचारी मोहन शाहलाई करार अवधि थप गर्न १ लाख रुपैयाँ घुस मागेको र नदिएपछि करार अवधि नथपाएको उजुरी शाहले दिएका थिए।
  • आयोगले मोहन शाहको उजुरीको आधारमा अनुसन्धान गरी वादीमाथि भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर पुष्टि गरेको जनाएको छ।

३ चैत, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगले नगरप्रमुख वादीसहित उनलाई घुस दिने कर्मचारी मोहन शाहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । शाह नगरपालिकामा असिस्टेन्ट सबइन्जिनियरको रूपमा करार सेवामा काम गर्दै आएका थिए ।

आयोगका अनुसार शाहले आर्थिक वर्ष १०८१/८२ मा आफ्नो करार अवधि थप गर्नका लागि नगरप्रमुख वादीलाई १ लाख रुपैयाँ घुस दिएका थिए । २०८२/८३ का लागि करार अवधि थप गर्न पनि नगरप्रमुख वादीले घुस मागेका थिए । घुस नदिएपछि वादीले उनको करार अवधि नथपेको उजुरी शाहले दिएका थिए ।
सोही उजुरीको आधारमा आयोगले वादीमाथि अनुसन्धान गरेको थियो ।

‘…प्रतिवादीले आफ्नो सेवा करार अवधि निरन्तरताको काम गराउन नगर प्रमुखलाई सोम काम गरिदिए बापत मोलाहिजा गरी नगरपालिकालाई अनिष्ट गरी घुस रिवत रकम नगर प्रमुखलाई दिएको र सोही घुस रिसवतबापतको रकम दिने लिने काम भएपछि मोहन साहको असिस्टेन्ट सबइन्जिनियर ओहदा सेवा करार म्याद थप त्यस अवधिमा नवीकरण भई निरन्तर गरे/गराएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर गरेको स्थापित भएको’ अख्तियारले भनेको छ ।

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?