+
+
Shares

कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते ८:१३

४ चैत, धनगढी । कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार भएका छन् । दोधाराचाँदनी नगरपालिका-४ को मान्या चौराहमा हसिया प्रहार गरेर ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बिन्दाको उनकै सौतेनी छोरा ५० वर्षीय हरिप्रसाद श्रेष्ठले हत्या गरेको खुलेको बताए । उनकाअनुसार सामान्य घरायसी विवादका क्रममा श्रेष्ठले आफ्नी सौतेनी आमामाथि मंगलबार राति ९ बजेतिर हसिया प्रहार गरेका थिए ।

हसिया प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही क्रममा मृतककी नातेदार भगवतीदेवी श्रेष्ठ पनि घाइते भएकी छन् । उनको दोधाराचाँदनी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि श्रेष्ठ भने फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?