News Summary
Generated by OK AI. Editorially reviewed.- स्पानिस क्लब रियल मड्रिड, फ्रेन्च क्लब पेरिसस सेन्ट जर्मेन र इंग्लिस क्लब आर्सनल युरोपियन च्याम्पियन्स लिग २०२५-२६ को क्वाटरफाइनल प्रवेश गरेका छन् ।
- रियल मड्रिडले म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको छ ।
- पीएसजीले चेल्सीलाई ३-० ले हराउँदै समग्रमा ८-२ को नतिजासहित क्वाटरफाइनल प्रवेश गरेको छ ।
४ चैत, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड, फ्रेन्च क्लब पेरिसस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब आर्सनल युरवपियन च्याम्पियन्स लिग २०२५-२६ को क्वाटरफाइनलको प्रवेश गरेको छ ।
गएराती भएको खेलमा रियलले म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेगमा रियल ३-०ले विजयी भएको थियो ।
सिटीको घरेलु मैदानमा भएको खेलमा रियलका लागि दुवै गोल भिनिसियस जुनियरले गरे । उनले २२औं र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे ।
सिटीका लागि एर्लिङ हालान्डले ४१औं मिनेटमा एक गोल गरे । सिटीका बर्नार्डो शिल्भाले २०औं मिनेटमै रातो कार्ड सामना गरेपछि सिटीले अधिकांश समय दश खेलाडीमा रहेर खेलेको थियो ।
यस्तै पीएसजीले पनि अर्को इंग्लिस क्लब चेल्सीलाई दवस्रो लेगमा ३-० ले पराजित गर्दै समग्रमा ८-२ ले नतिजा आफ्नो पक्षमा पारेको हो । पहिलो लेगमा पीएसजी ५-२ ले विजयी भएको थियो ।
सिटीको मैदान स्टामफोर्ड ब्रिजमा पीएसजीका लागि भिचा केभारात्खेलियाले छैटौं, ब्राडली बार्कोलाले १५औं र सेन्नी मायुलुले ६२औं मिनेटमा गोल गरे ।
दुई इंग्लिस क्लब बाहिरिँदा अर्को इंग्लिस क्लब आर्सनलले भने जर्मन क्लब बायर लेभरकुजनलाई समग्रमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो लेगमा १-१ को बराबरी खेलेको आर्सनलले आर्सनलले घरेलु मैदानमा भएको दोस्रो लेगमा लेभरकुजनलाई २-० ले हरायो । आर्सनलका लागि इबेरेची एजेले ३६औं र डेक्लान राइसले ६३औं मिनेटमा गोल गरे ।
यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बोडोइ, ग्मलिम्ट भने दोस्रो लेगमा स्पोर्टिङ सिपीसँग फारकिलो हारपछि बाहिरिएको छ ।
पहिलो लेगमा बोडोइले ३-० को अग्रता लिएपनि दोस्रो लेगमा स्पोर्टिङले सानदार कमब्याक गर्दै बोडोइलाई ५-० ले हराएपछि समग्रमा ५-३ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।
स्पोर्टिङका गोन्कालो इनासियो, पेड्रो गोलकालेभ्स, लुइस स्वारेज, म्याक्सिमिलियानो अराउजो र राफाएल फेरेइरा नेलले गोल गरे ।
प्रतिक्रिया 4