+
+
Shares

प्रतिनिधिसभामा राई, लिम्बूको प्रतिनिधित्व ४.३६ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभामा ४.३६ प्रतिशत प्रतिनिधित्व राई, लिम्बू समुदायको हुने भएको छ।
  • प्रत्यक्षतर्फ ८ जना र समानुपातिक तर्फ ४ जना राई, लिम्बू निर्वाचित भएका छन्।
  • रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा राई, लिम्बूको प्रतिनिधित्व नहुँदा माफी माग्नुभएको छ।

६ चैत, काठमाडौं । प्रतिनिधि सभामा ४.३६ प्रतिशत प्रतिनिधित्व राई, लिम्बूको हुने भएको छ ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ८ जना यो समुदायबाट निर्वाचित भएका छन् भने ४ जना समानुपातिक तर्फबाट निर्वाचित भएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा यो ४.३६ प्रतिशत हो ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट नरेन्द्र कुमार केरुङ, निश्कल राई, सन्तोष सुब्बा निर्वाचित भएका छन् । नेकपा एमालेबाट प्रत्यक्षतर्फ सुहाङ नेम्वाङ, राजेन्द्र कुमार राई र क्षितिज थेबे निर्वाचित भए ।

श्रम संस्कृति पार्टीबाट हर्कराज राई, ध्रुवराज राई र आरेन राई प्रत्यक्षतर्फ निर्वाचित भए ।

समानुपातिक तर्फ कांग्रेसबाट भिष्मराज आङ्देम्बे र गीता कुमारी सेन्दाङ निर्वाचित भएका छन् ।

समानुपातिक तर्फ एमालेबाट भूमिका लिम्बु सुब्बा र श्रम संस्कृति पार्टीबाट पूर्णप्रसाद लिम्बु निर्वाचित भएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षतर्फबाट र ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुन्छन् ।

गत २१ फागुनमा सम्पन्न निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलको रुपमा आएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन् ।

यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमा छ । एक जना स्वतन्त्र उम्मेदवार छन् ।

रास्वपाबाट राई र लिम्बुको प्रतिनिधित्व नहुँदा रविले मागे माफी

सबैभन्दा ठूलो दल रास्वपाबाट भने राई र लिम्बुको प्रतिनिधित्व भएको छैन । यो विषयमा रास्वपाका सभापति रवि लामिछानेले माफी नै मागेका छन् ।

पार्टीले नवनिर्वाचित सांसदहरूलाई गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बु समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागेका हुन् ।

‘म दु:खका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई, लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन,’ लामिछानेले भनेका छन्, ‘म सभापतिको हैसियतमा क्षमा माग्दै भन्छु, आगामी दिनमा समावेशीताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अघि राख्नेछु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?