+
+
Shares

७५ जिल्लामा हुन्छ व्यावसायिक कुखुरापालन, देशभरि २२ हजार ९२८ फार्म

राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार मनाङ र मुस्ताङमा व्यावसायिक रुपले कुखुरापालन गरेको देखिएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ को नतिजा सार्वजनिक गरेको छ।
  • नेपालमा ७५ जिल्लामा २२ हजार ९२८ फार्म/कृषकले व्यावसायिक कुखुरा पालन गरिरहेका छन्।
  • बागमती प्रदेशमा सबैभन्दा धेरै ३४.४ प्रतिशत फार्म छन् भने सुदूरपश्चिममा सबैभन्दा कम ७.९ प्रतिशत फार्म छन्।

६ चैत, काठमाडौं । नेपालको ७५ वटा जिल्लामा मात्र व्यवसायिक कुखुरा पालन हुने गरेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार मनाङ र मुस्ताङमा व्यावसायिक रुपले कुखुरापालन गरेको देखिएको छैन ।

नेपालमा कुल २२ हजार ९२८ फार्म/कृषकले व्यावसायिक कुखुरा पालन गरेको देखिएको छ । जसमध्ये २१ हजार १०४ ले मासु, १ हजार ७०६ अण्डा उत्पादन र ११८ ले चल्ला उत्पादन गर्दै आएको देखिएको छ।

यी फार्ममध्ये ६३.७ प्रतिशत मात्र दर्ता भएको देखिएको छ । कुल फार्ममध्ये ७९.५ प्रतिशत फार्म पुरुष र २०.५ प्रतिशत फार्म महिलाले सञ्चालन गरेको देखिएको छ । कुल फार्ममा ९८ प्रतिशत व्यक्तिगत स्वामित्वमा सञ्चालनमा छन् । यीमध्ये सबैभन्दा धेरै ५ देखि १० वर्षको अवधिदेखि सञ्चालनमा रहेका छन् । कुखुरापालनमा संलग्न जनशक्तिको तथ्यांक हेर्दा कुल ५२.२ प्रतिशत उद्यमीले माध्यामिक स्तरको शिक्षा लिएका छन् ।

नेपालमा कुखुरा व्यवसायबाट एक वर्षमा ६० अर्ब ९६ करोड रुपैयाँ बराबरको मासु उत्पादन भई बिक्री भएको देखिएको छ । १४ अर्ब ८२ करोड बराबरको अण्डा, १० अर्ब २२ करोड बराबरको चल्ला र १ अर्ब रुपैयाँ बराबरको कुखुराको मल उत्पादन भई बिक्री भएको देखिएको छ ।

देशभरिका कुखुरा फार्ममध्ये ४.१ प्रतिशतको मात्रै बीमा गरेको पाइएको छ । ३४.१ प्रतिशत व्यवसायीले मात्र तालिम लिएर कुखुरा पालन गरेको पाइएको छ । नेपालमा दोस्रो पटक कुखुरापालनसँग सम्बन्धित सर्वेक्षण भएको हो । यसअघि २०७१/७२ मा सर्वेक्षण भएको थियो ।

प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै ३४.४ प्रतिशत फार्म रहेका छन् । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ७.९ प्रतिशत फार्म रहेको देखिएको छ । अघिल्लो सर्वेक्षणको तुलनामा सामान्य मात्र फार्मको संख्या बढेको छ । २०७२ मा कुल २१ हजार ९५६ फार्म रहेका थिए । यस अवधिमा लुम्बिनी प्रदेश र कर्णालीमा फार्मको संख्यामा गिरावट आएको छ । अन्यमा बढेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?