+

एन्फा निर्वाचन : दावा लामाको उम्मेदवारी स्थगन गर्न अल्पकालीन अन्तरिम आदेश

२०८२ चैत  ६ गते १७:२१ २०८२ चैत ६ गते १७:२१
एन्फा निर्वाचन : दावा लामाको उम्मेदवारी स्थगन गर्न अल्पकालीन अन्तरिम आदेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघको निर्वाचनमा दावा लामाको उम्मेदवारी तत्कालका लागि स्थगन गर्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
  • अदालतले युवा तथा खेलकुद मन्त्रालयसहित सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
  • दावा लामालाई लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना भएको देखिएको छ।

६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारी तत्कालका लागि स्थगन गर्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

दिपक खतिवडाले दायर गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अदालतले युवा तथा खेलकुद मन्त्रालयसहित सम्बन्धित निकायलाई १५ दिनभित्र उच्च सरकारी वकील कार्यालय, पाटनमार्फत् लिखित जवाफ दिन भनेको छ।

निवेदनसँग संलग्न कागजातअनुसार दावा लामालाई यसअघि लागूऔषध (खैरो हेरोइन) मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको देखिएको र सोही पृष्ठभूमिमा उनी एन्फाको कार्यकारी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेपछि विवाद उत्पन्न भएको हो।

अदालतले उक्त विषयमा सबै पक्षलाई राखेर थप छलफल आवश्यक देखिएको भन्दै चैत १० गतेका लागि अन्तरिम आदेशसम्बन्धी सुनुवाइ तोकेको छ।

सो दिनसम्मका लागि दावा लामाको उम्मेदवारी स्थगन रहने आदेश जारी गरिएको अदालतले जनाएको छ।

एन्फा निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय