+
+
Shares

जेनजी आन्दोलनका बेला जेलबाट भागेका लागुऔषध मुद्दाका थुनुवा पक्राउ

रुम्बा लागुऔषध मुद्दामा २०८१ चैत २० गतेदेखि सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा थिए । भदौ २४ गते भागेयता उनी काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १७:३०

६ चैत, काठमाडौं । जेनजी आन्दोलनका बेला भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एकजना थुनुवा शुक्रबार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-१ का ३० वर्षीय विकाश रुम्बालाई पक्राउ गरेको जनाएको छ ।

रुम्बा लागुऔषध मुद्दामा २०८१ चैत २० गतेदेखि सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा थिए । भदौ २४ गते भागेयता उनी काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।

सीआईबीको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई आजै केन्द्रीय कारागारमा बुझाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?