+
+
Shares

पर्सामा २० लाख रुपैयाँ बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १७:३१
पाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बल नेपाल पर्साले वीरगञ्जमा रु २० लाख हुण्डीसहित विनय शंकर साह तुरहालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्ने क्रममा मोटरसाइकलको सिटकभरमा रकम लुकाइएको थियो।
  • उनीसँग वीरगञ्ज भन्सार एजेन्ट सङ्घ पर्साको परिचयपत्र पनि बरामद भएको छ।

६ चैत, वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल नेपाल पर्साले रू २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले आज वीरगञ्ज महानगर–१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शंकर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी मोहन निरौलाका अनुसार मोटरसाइकलमा सवार तुरहाले मोटरसाइकलको सिटकभरमा सो रकम लुकाएर राखेका थिए ।

बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगञ्ज भन्सार एजेन्ट सङ्घ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ । रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?