News Summary
Generated by OK AI. Editorially reviewed.- फरवार्ड ड्यानी वेलबेकले दुई गोल गरेपछि ब्राइटनले लिभरपुललाई पराजित गरेको छ।
- ब्राइटनले ३१ खेलमा ४३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ भने लिभरपुल ४९ अंकसहित पाँचौं स्थानमै छ।
- लिभरपुलका मिलोस केर्केजले बराबरी गोल फर्काए।
७ चैत, काठमाडौं । फरवार्ड ड्यानी वेलबेकले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्न खेलमा ब्राइटनले लिभरपुललाई पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा ब्राइटनले लिभरपुललाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलका मिलोस केर्केजले गरेको गोल पर्याप्त भएन ।
वेलबेकले १४औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा केर्केजले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ५६औं मिनेटमा वेलबेकले दोस्रो गोल गर्दै घरेलु टोलीलाई फेरि अग्रतामा ल्याए । त्यसपछि थप गोल भएनन् र ब्राइटन विजयी भयो ।
जितपछि ब्राइटन ३१ खेलमा ४३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल ४९ अंकका साथ पाँचौं स्थानमै यथावत् छ ।
प्रतिक्रिया 4