+
+
Shares

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम, १९ चैतदेखि फेस्टिभल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते २१:०७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन्।
  • चैत १९ गतेबाट सुरु हुने महोत्सवमा ४० देशका ८८ फिल्म र १० अन्तक्र्रियात्मक कार्यक्रम हुनेछन्।
  • पाँच दिने एआई फिल्म वर्कसप र निफ फिचर पिच कार्यक्रममा युवा फिल्ममेकरले भाग लिन सक्नेछन्।

काठमाडौं । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।

गैरीधारास्थित कान्तिपुर थिएटरमा ‘सर्ट फिल्म साँझ’ शीर्षकको कार्यक्रम सम्पन्न भएसँगै निफको प्रि-इभेन्ट चरण पूरा भएको हो । यस कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अघिल्ला संस्करणमा पुरस्कृत सर्ट फिल्म ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ देखाइएको थियो ।

सर्ट फिल्म हेरेपछि दर्शकले उठाएका प्रश्नको जवाफ सम्बन्धित निर्माताले दिएका थिए । यसअघि निफले प्रि-इभेन्ट अन्तर्गत रहेर ‘हर सिनेमा हर भ्वाइस’ र ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा दुई अन्तक्र्रियात्मक कार्यक्रम गरेको थियो ।

निफको तयारी अब अन्तिम चरणमा पुगेको अध्यक्ष केपी पाठकले बताए । उनले भने, ‘प्रि-इभेन्ट सफलतापूर्वक सम्पन्न भयो । अब चैत १९ गतेबाट सुरु हुने महोत्सवका लागि तयार छौँ । लगभग सबै तयारी भइसक्यो । केही दिनमा निफको आधिकारिक सामाजिक सञ्जाल पेज र वेबसाइटमा निफमा हुने कार्यक्रम सार्वजनिक हुनेछन् ।’

यस संस्करणमा पाँच दिने एआई फिल्म वर्कसप पनि समावेश गरिएको अध्यक्ष पाठकले जानकारी दिए । उनले वर्कसपबारे भने, ‘प्रि-प्रोडक्सन, प्रोडक्सन र पोस्ट-प्रोडक्सनमा एआईको प्रयोग कसरी गर्ने भन्ने विषय उजागर गर्न पाँच दिने वर्कसप हुन्छ । फिल्म निर्माणमा उच्चतम एआईको प्रयोग गर्न सकिने विषयमा यो वर्कसप केन्द्रित हुन्छ । एआईको भविष्यबारे पनि त्यहाँ छलफल हुन्छ ।’

इच्छुकले चैत ११ (मार्च २५) सम्म आवेदन दिएर यस कार्यक्रममा सहभागी बन्न सक्नेछन् । त्यस्तै, निर्माताको खोजीमा रहेका लेखकलाई मध्यनजर गरी ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम पनि समावेश छ, जहाँ सर्ट फिल्म बनाएको अनुभव भएका लेखकले आफ्नो फिचर फिल्मको कथा निर्मातालाई सुनाउने अवसर पाउनेछन् ।

अध्यक्ष पाठक यसबारे भन्छन्, ‘सर्ट फिल्म बनाएर वा त्यसमा अब्बल साबित भएका विशेष गरी युवा फिल्ममेकर लाभान्वित होऊन् भन्ने उद्देश्यले यो कार्यक्रम समावेश गरिएको हो ।’

आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक-फरक विषयमा १० वटा अन्तक्र्रियात्मक कार्यक्रम गरिनेछ । यी कार्यक्रमबारेको जानकारी निफको सामाजिक सञ्जाल र वेबसाइटबाट चाँडै सार्वजनिक हुने बताइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?