News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अस्पताल कालीकोटमा चैत ६ गतेदेखि विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ।
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो र अन्तिम हप्ताको शुक्रबार सेवा दिँदै आएको थियो।
- सेवा पुनः सञ्चालनले स्थानीय बासिन्दालाई बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।
७ चैत, मान्म (कालीकोट) । जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ ।
विगत लामो समयदेखि जिल्ला अस्पताल कालीकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको हो ।
विगतका दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबार जिल्ला अस्पताल कालीकोटबाट विशेषज्ञ चिकित्सा सेवा दिँदै आएको थियो ।
विगतमा लामो समयदेखि अवरुद्ध रहेको विशेषज्ञ चिकित्सा सेवा चैत ६ गते शुक्रबारदेखि सेवा पुन: सञ्चालन भएसँगै स्थानीय नागरिकले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउने भएको जिल्ला अस्पताल कालीकोटका सूचना अधिकारी कटक महतले बताए ।
सेवा विस्तारसँगै स्थानीय बासिन्दालाई बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता घट्ने र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको सूचना अधिकारी महतले जानकारी दिए । रासस
प्रतिक्रिया 4