News Summary
Generated by OK AI. Editorially reviewed.- टोटनहम हटस्पर घरेलु मैदानमा नटिङहम फरेस्टसँग ३-० ले पराजित भएपछि रेलिगेसनमा पर्ने खतरा बढेको छ।
- हारपछि टोटनहम ३१ खेलमा ३० अंकसहित १७औं स्थानमा झरेको छ भने नटिङहम ३२ अंकसहित १६औं स्थानमा उक्लिएको छ।
- नटिङहमका इगोर जेसज, मोर्गान गिब्स ह्वाइट र ताइओ अवोनीले एक-एक गोल गरे।
८ चैत, काठमाडौं । नटिङहम फरेस्टसँग घरेलु मैदानमा हार बेहोरेपछि टोटनहम हटस्पर रेलिगेसनमा पर्ने खतरा बढेको छ ।
आइतबार बेलुका भएको खेलमा टोटनहमलाई उसैको मैदानमा नटिङहम फरेस्टले ३-० ले पराजित गर्यो ।
हारपछि टोटनहम ३१ खेलबाट ३० अंक जोडेर १७औं स्थानमा झरेको छ । टोटनहम रेलिगेसन क्षेत्रबाट १ अंक मात्र माथि छ । वेस्ट ह्याम ३१ खेलमा २९ अंकका साथ १८औं स्थानमा छ ।
नटिङहमको जितमा इगोर जेसज, मोर्गान गिब्स ह्वाइट र ताइओ अवोनीले एक-एक गोल गरे ।
खेलको ४५औं मिनेटमा जेसजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ६२औं मिनेटमा गिब्स ह्वाइट अनि ८७औं मिनेटमा अवोनीले गोल गरेपछि नटिङहम ३-० ले विजयी भयो ।
जित निकालेको नटिङहमले भने टोटनहमलाई उछिन्दै ३२ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ ।
लिगअन्तर्गत आइतबारै भएका अन्य खेलमा एस्टन भिल्लाले वेस्टह्यामलाई २-० ले हराउँदा सन्डरल्यान्डले न्युकासललाई २-१ ले पराजित गर्यो ।
प्रतिक्रिया 4