+
+
Shares

इरानका ऊर्जा स्थलमा हमला भए होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकी आक्रमण भए होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गरिने बताएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते ९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकी आक्रमण भए होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गरिने बताएको छ।
  • इरानका विदेशमन्त्री अब्बास अरघचीले होर्मुज स्ट्रेट बन्द नरहेको तर अमेरिका–इजरायलको व्यवहारले जहाजहरू अवागमनमा हिचकिचाइरहेको बताएका छन्।
  • इरानले इजरायलमाथि मिसाइल हमला गरी १६० भन्दा बढी घाइते भएका छन् र इजरायली वायुसेनाले ४०० मिसाइल प्रहार भएको जनाएको छ।

९ चैत, काठमाडौं । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भए तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने बताएको छ ।

इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त माग भएर समुद्री जहाजहरू अवागमनमा हिच्किचाइरहेका बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१ मार्चमा ४८ घण्टाभित्र होर्मुज स्ट्रेट खुला नगरे उसका पावर प्लान्ट नष्ट गरिने चेतावनी दिएका थिए ।

इरानी मिडियामा दिइएको बयानमा आईआरजीसीले भनेको छ, ‘इरानको ऊर्जा स्थलमा हमला भए नष्ट भएका पावर प्लान्टहरूको पुनर्निर्माण नहुँदासम्म होर्मुज स्ट्रेट बन्द गरिने छ ।’

होर्मुज स्ट्रेट इरानसँग जोडिएको छ । यो फारसको खाडी, ओमानको खाडी र अरब सागर (दक्षिण पूर्व) जोडने एक मात्र समुद्री मार्ग हो । यो मार्ग भएर विश्वभर २० प्रतिशत पेट्रोलियम पदार्थ ओसार–पसार हुन्छ ।

अमेरिका र इजरायलको हमलापछि इरानले यो मार्गमा लगभग नाकाबन्दी गरेको छ । जसका कारण आपूर्ति प्रभावित भएको छ र विश्व बजारमा तेलको मूल्यमा वृद्धि भएको छ ।

आईआरजीसीले के भन्यो ?

२१ मार्चमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले होर्मुज स्ट्रेट बन्द गरेको भन्दै त्यो खोल्नका लागि ४८ घण्टाको समयसीमा दिएका थिए ।

इरानले होर्मुजको बाटो नखोले अमेरिकाले उसका कयौं पावर प्लान्ट्समा हमला गरेर नष्ट गर्ने र त्यसको सुरुवात सबैभन्दा ठूलो प्लान्टबाट हुने पनि चेतावनी ट्रम्पले दिएका थिए ।

ट्रम्पको चेतावनीपछि इरानको आईआरजीसीले पनि जवाफी कारबाही गर्ने बताएको छ । आईआरजीसीले भनेको छ, ‘हामी इजरायलमा पावर प्लान्ट्स, ऊर्जा स्थल र आईटीलाई व्यापक रूपमा निशाना बनाउने छौं । अमेरिकी हिस्सेदार भएका सबै कम्पनीहरूलाई निशाना बनाइने छ ।’

अमेरिकी ठेगाना रहेका अन्य देशका पावर प्लान्ट्स पनि इरानका लागि वैध निशाना हुने आईआरजीसीको भनाइ छ ।

इरानका विदेशमन्त्रीले भने– स्ट्रेट अफ होर्मुज बन्द छैन

यसै बीच, इरानका विदेशमन्त्री अब्बास अरघचीले होर्मुज स्ट्रेट बन्द नरहेको बताएका छन् । उनले एक्समा लेखेका छन्, ‘स्ट्रेट अफ होर्मुज बन्द छैन । तेलवाहक जहाजहरूको बीमा गर्ने कम्पनीहरूलाई वार अफ च्वाइसबाट डर छ । जसको सुरू उनीहरू (अमेरिका–इजरायल)ले गरेका हुन्, इरानले होइन ।’

आक्रमणको धम्कीले न त कुनै बीमा कम्पनीलाई असर पर्ने र न इरानीलाई नै असर हुने अरघचीको भनाइ छ । ‘इज्जत दिने प्रयास गर्नुस् । व्यापार गर्ने स्वतन्त्रता बिना समुद्री मार्गको अवागमनको स्वतन्त्रताको कुनै मतलब छैन,’ अरघचीले भनेका छन्, ‘दुबैलाई सम्मान गर्नुस् अथवा फेरि कसैको पनि अपेक्षा नगर्नुस् ।’

विदेशमन्त्री अरघचीले एक्स पोस्टमार्फत् होर्मुज स्ट्रेटमा जहाजहरूको अवागमन उत्पन्न कठिनाइ अमेरिका र इजराइलको व्यवहार जिम्मेवार रहेको पनि बताएका छन् ।

यसअघि इरानका राष्ट्रपति मसुद पेजेश्कियानले इरानविरूद्धको टम्पको धम्कीबाट अमेरिकामा ‘बेचैनी र निराशा’ झल्किएको टिप्पणी गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको ‘अल्टिमेटम’ पछि इरानले इजरायलमाथि ठूलो हमला गरेको छ । इजरायलको ‘परमाणु स्थल’ डिमोना नजिकै दक्षिणी इजरायली क्षेत्रका दुई सहरमा इरानी मिसाइल हमलामा १६० भन्दा बढी मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ ।

आइतबार तेल अभिभमा भएको इरानी मिसाइल हमलामा कम्तिमा पनि सात जना घाइते भएका थिए । इरानको सरकारी टेलिभिजनले शनिबार इरानको नतान्ज परमाणु संयन्त्रमा भएको हमलाको जवाफमा उक्त हमलाहरू गरिएको बताएको थियो ।

इजरायली वायुसेनाले २८ फेब्रुअरीमा इरानमाथि अमेरिका–इजरायलको हमलपछि इरानले अहिलेसम्म इजरायलमाथि चार सय मिसाइलहरू प्रहार गरिसकेको बताएको छ । वायुसेनाका अनुसार, जसमध्ये ९२ प्रतिशत मिसाइलहरूलाई बाटोमै नष्ट गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?