+
+
Shares

चुनावी हारको कारण खोज्दै योगेशले मागे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा पार्टी पराजयको कारण खोजी गर्न सुझाव माग गरेका छन्।
  • भट्टराईले पार्टीको कमजोर परिणामका कारण, रूपान्तरणका सुधार र सम्भावनाबारे तीन बुँदामा राय सुझाव पठाउन आग्रह गरेका छन्।
  • उनीले समीक्षा मार्फत जिम्मेवारी किटान र जवाफदेहिताको प्रश्न हल गर्नुपर्ने बताए।

९ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा पार्टी पराजयको कारण खोजी गर्दै सुझाव माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले निर्वाचनका कारण पार्टीलाई ठूलो धक्का लागेको उल्लेख गरेका छन् ।

‘नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो ? यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्दछ । समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्छ,’ भट्टराईले भनेका छन्, ‘फेरि पनि एमालेको एकता, रूपान्तरण, पुर्नगठन र पुनर्जागरणका लागि नयाँ संकल्प सहित अघि बढ्नु पर्दछ । समीक्षा मार्फत जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ ।’

यसका लागि विभिन्न राय सुझाव पठाउन माग गर्दै उनले तीन वटा बुँदामा टिप्पणी पठाउन समेत आग्रह गरेका छन् । उनले आफ्नो इमेल र फोन नम्बर सार्वजनिक गर्दै सुझाव पठाउन पनि पार्टी पंक्तिलाई भनेका छन् ।

यस्ता छन् योगेशले सोधेका प्रश्न–

१. निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन कुन कारण होलान ? र किन ? (नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेण्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारण ?

२. एमालेको रूपान्तरणका लागि कुन कुन पक्षमा के के सुधार गर्नु पर्ला? सुधारका प्रस्ताव सहित । अनि रूपान्तरणको विधि र प्रक्रिया बारेमा ।

३. एमालेका सबल र कमजोर पक्ष अनि एमालेको सम्भावना ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?