+
+
Shares

बागलुङमा आर्थिक गणना २ वैशाखदेखि, ३६ जना जनशक्ति परिचालन गरिने

२ वैशाखदेखि ७ असारसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि तयारी थलिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागलुङमा २ वैशाखदेखि ७ असारसम्म आर्थिक गणना सञ्चालन गर्न ३६ जना कर्मचारी परिचालन गरिने भएको छ।
  • आर्थिक गणनाका लागि बागलुङमा ३१ गणक र ५ सुपरिवेक्षक खटाइएको छ र उनीहरूलाई एक हप्ते तालिम दिइनेछ।
  • गणनामा कृषि, उद्योग, व्यापार, सेवा, होटल र स्वरोजगारसम्बन्धी १८ वटा प्रतिष्ठानको विवरण संकलन गरिनेछ।

९ चैत, बागलुङ । बागलुङमा आर्थिक गणनाका लागि ३६ जना कर्मचारी परिचालन गरिने भएको छ । २ वैशाखदेखि ७ असारसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि तयारी थलिएको छ । बागलुङमा आर्थिक गणना कार्यालय स्थापना गरेर तयारी थालिएको छ ।

बागलुङ नगरपालिका–२ स्थित तथ्याङ्क समन्वय कार्यालयको भवनमा कार्यालय राखिएको हो । आर्थिक गणनाका लागि बागलुङ जिल्लामा ३१ गणक र ५ सुपरिवेक्षक खटाइएको छ ।

उनीहरूलाई एक हप्ते तालिमपछि गणनाका लागि खटाइने भएको कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिए । चैत मसान्तसम्म गणक नियुक्ति, तालिम र स्थानीय तहसँग समन्वय गरेर गणनाका लागि वडा वडामा पठाइने सुवेदीले जानकारी दिए ।

‘समग्र अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नारासहित देशभर दोस्रो पटक हुन लागेको गणनामा बागलुङका कृषि सहित १८ वटा उद्योग तथा प्रतिष्ठानको विवरण संकलन गरिनेछ । व्यावसायिक कृषि, व्यापार, सेवा, उद्योग, होटल तथा स्वरोजगारसम्बन्धी प्रतिष्ठानको दर्ता, नविकरण, कारोवार सहित अन्य विवरण संकलन गरिने जनाइएको छ ।

गणनाका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति समेत गठन गरिएको छ भने पालिका र वडास्तरमा पनि छुट्टै अनुगमन समिति बनाइनेछ । यस अघिको आर्थिक गणना २०७५ सालमा भएको थियो । कोरोना महामारीका कारण दुई वर्ष ढिला गरी गणना गर्न थालिएको हो ।

आर्थिक गणनाले मुलुकलाई आर्थिक विकासका सूचकको मापन गर्न र नीति बनाउन सहयोग पुग्नेगरी हरेक पाँच पाँच वर्षमा आर्थिक गणना गरिँदै आइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?