News Summary
Generated by OK AI. Editorially reviewed.- कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडपपछि जिल्ला प्रशासनले ७ चैतमा निषेधाज्ञा जारी गरेको छ।
- सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले भोलिसम्म निषेधाज्ञा हट्ने सम्भावना रहेको जानकारी दिनुभयो।
- झडपमा तोडफोड गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको र पाँच जना सामान्य घाइते भएका छन्।
९ चैत, काठमाडौं । कपिलवस्तुमा लगाइएको निषेधाज्ञा तीन दिन बित्दा पनि जारी छ ।
कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले ७ चैतमा निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा अझै कायम रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जानकारी दिए ।
उनका अनुसार भोलिसम्मका निषेधाज्ञा हट्न सम्भावना रहेको छ । ‘अहिले अवस्था समान्य बन्दै गएको र भोलिसम्ममा निषेधाज्ञा हटाउनेबारे छलफल गरेका छौं’ घिमिरेले अनलाइनखबरसँग भने ।
मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेको हो ।
तोडफोड गरेको आरोपमा तीन जनालाई पक्राउ समेत गरिएको घिमिरेले बताए । उनीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो ।
झडपका क्रममा ढुंगा प्रहार भएको र ५ जना सामान्य घाइते भएका थिए ।
प्रतिक्रिया 4