News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेर नेवारी भाषामा सपथ लिने तयारी गरिरहेकी छन्।
- उनले आदिवासी जनजातिको प्रतिनिधित्व गरेकाले नेपाल भाषामा सपथ लिँदा आदिवासी भाषाको सम्मान हुने बताइन्।
- सपथ सम्बन्धी ऐन २०७९ अनुसार सांसदले मातृ भाषामा सपथ लिन सक्ने व्यवस्था छ र अनुष्काले निर्वाचन आयोगमा नाम टिपाएकी छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेकी पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले नेवारी (नेपाल भाषा) मा सपथ लिने भएकी छन् । उनलाई रास्वपाले समानुपातिक प्रणालीबाट सांसद बनाएको हो ।
आफूले आदिवासी जनजातिको प्रतिनिधित्व गरेकाले नेपाल भाषामा सपथ लिँदा आदिवासी भाषाको सम्मान हुने अनुष्काले अनलाइनखबरलाई बताइन् ।
नेपाल भाषामा सपथ लिने जनाउँदै उनले निर्वाचन आयोगमा नाम टिपाएकी छन् । श्रेष्ठसहित २१ फागुनको चुनावबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनियताको शपथ चैत १२ गते हुँदैछ ।
अनुष्का सांसद बन्ने पहिलो मिस नेपाल समेत हुन् ।
शपथ सम्बन्धी ऐन २०७९ मा शपथको भाषासम्बन्धी व्यवस्था छ । जसले सांसदहरूलाई मातृ भाषामा शपथ लिने बाटो खुला गरिदिएको छ । शपथ सम्बन्धी ऐनको दफा ५ मा भनिएको छ, ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा लिनु वा गराउनु पर्नेछ ।’
मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लेखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैँले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष शपथ लिनु अगावै पेश गर्नु पर्ने ऐनको दफा ५ (२) मा उल्लेख छ ।
प्रतिक्रिया 4