News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले नागरिक मैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
- एआईजी कार्कीले गैर–कानुनी क्रियाकलापलाई कडाइका साथ कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
- एआईजी कार्कीले सूचना संकलनलाई प्रभावकारी बनाउन र काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन प्रविधि र प्रहरी परिचालनमा जोड दिन निर्देशन दिएका छन्।
१० चैत, काठमाडौं । नागरिक मैत्री सेवा प्रवाह गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरूलाई एआईजी कार्कीले उक्त निर्देशन दिएका हुन् । नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर–कानुनी क्रियाकलापलाई कडाइका साथ कानुनी दायरामा ल्याउन उनले निर्देशन दिए ।
मंगलबार परिसर भद्रकालीको निरीक्षण गर्न पुगेका एआईजी कार्कीले काठमाडौं जिल्लामा भीआईपी तथा भीभीआईपीहरूको बसोबास रहेको र भाइटल इन्स्टलेसन समेत रहेका बताउँदै कौहलता प्रस्तुत गरेर काम गर्न निर्देशन दिए ।
भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना संकलनलाई प्रभावकारी बनाउन, प्राप्त सूचनालाई प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन समेत निर्देशन दिए ।
प्रतिक्रिया 4