+
+
Shares

कुलमानले भने- जनादेशविपरीत वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्दिनँ

‘यस सन्दर्भमा, सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको प्रष्ट पार्दछु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते २१:३९

१० चैत, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने सरकारमा आफ्नो सहभागिताबारे कुरा आइरहेको दाबी गर्दै जनादेशविपरीत आफू मन्त्री नबन्ने बताएका छन् । मंगलबार साँझ फेसबुकमार्फत घिसिङले आफू उज्यालो पार्टीलाई सुदृढ बनाउनेमै केन्द्रित हुने पनि बताएका छन् ।

‘जनताबाट प्राप्त जनादेशविपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन,’ अध्यक्ष घिसिङले लेखेका छन्, ‘यस सन्दर्भमा, सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको प्रष्ट पार्दछु ।’

आफू चुनावी परिणामलाई सम्मान गरेर त्यसबाट पाठ सिक्दै अघि बढ्न चाहेको उनले बताएका छन् । ‘उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौँ । सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल छ,’ घिसिङले लेखेका छन् ।

आफ्नाविरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न उनले अनुरोध गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?