+
+
Shares

एकैदिन १४ हजार ६ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि बुधबार सुनको भाउ प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको नयाँ भाउ तोकेको छ जुन अघिल्लो दिनको २ लाख ७३ हजार ९ सय रुपैयाँभन्दा बढी हो।
  • चाँदीको भाउ पनि बुधबार प्रतितोला ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ जुन अघिल्लो दिनको भन्दा बढी हो।

११ चैत, काठमाडौं । एक सातायता अघिल्लो दिनसम्म घटेको सुनको भाउ बुधबार बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि उकालो लागेसँगै नेपाली बजारमा पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७३ हजार ९ सय रुपैयाँमा झरेको थियो ।

चाँदीको भाउ पनि एकैदिन तोलामा ४१५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९२० रुपैयाँ पुगेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?