News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा बुधबार सबै प्रकारका गोलभेँडाको मूल्य घटेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार सानो गोलभेँडाको मूल्य २२ प्रतिशतले घटेर ३५ रुपैयाँ प्रतिकिलो पुगेको छ।
- तराई सानो गोलभेँडाको मूल्य २१ प्रतिशतले घटेर ४३ रुपैयाँ र भारतीय गोलभेँडाको मूल्य १९ प्रतिशतले घटेर ३८ रुपैयाँ प्रतिकिलो कायम भएको छ।
११ चैत, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा कमी आएको हो ।
तथ्यांकअनुसार स्थानीय सानो गोलभेँडा मंगलबार प्रतिकिलो ४५ रुपैयाँमा कारोबार भएकोमा आज २२ प्रतिशतले ओरालो लागेर ३५ रुपैयाँमा झरेको छ ।
यसैगरी, तराई सानो गोलभेँडाको मूल्य पनि २१ प्रतिशतले घटेको छ । हिजो मंगलबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा आज प्रतिकिलो ४३ रुपैयाँ कायम छ ।
भारतीय गोलभेँडाको मूल्य १९ प्रतिशत घटेको छ । अघिल्लो दिन प्रतिकिलो ४७ रुपैयाँ रहेकोमा आज घटेर ३८ रुपैयाँमा आइपुगेको छ । यस्तै ठूलो भारतीय गोलभेँडाको मूल्यमा सामान्य कमी देखिएको छ । यसको मूल्य प्रतिकिलो ७५ बाट घटेर ७३ रुपैयाँ कायम छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4