News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मूलका क्रिकेटर निश्चल श्रेष्ठले बेल्जियमको इयू टी–२० लिगमा जेबी ब्रुग्सबाट खेल्ने भएका छन्।
- जेबी ब्रुग्सले ड्राफ्टमार्फत निश्चललाई बेल्जियन स्टार कोटाबाट अनुबन्ध गरेको हो।
- इयू टी-२० लिगमा कूल आठ नेपाली खेलाडी खेल्नेछन् र जेबीले पाँच नेपालीलाई अनुबन्ध गरेको छ।
११ चैत, काठमाडौं । नेपाली मूलका क्रिकेटर निश्चल श्रेष्ठले इयू टी–२० लिग बेल्जियममा जेबी ब्रुग्सबाट खेल्ने भएका छन्। उनलाई मंगलबार राति सम्पन्न ड्राफ्टमार्फत बेल्जियन खेलाडीको ‘बेल्जियन स्टार’ कोटाबाट जेबीले अनुबन्ध गरेको हो।
काठमाडौंमा जन्मिएका निश्चलले केही वर्ष चितवनमा रहँदा क्रिकेट सिकेका थिए भने काठमाडौंमा विद्यालयस्तरको क्रिकेट पनि खेलेका थिए। त्यसपछि बेल्जियम सरेका उनले सन् २००८ देखि घरेलु क्रिकेट खेल्दै आएका छन्। उनले बेल्जियमको यू–१७ र यू–१९ टोलीबाट पनि केही खेल खेलेका थिए।
पढाइमा ध्यान दिन केही वर्ष क्रिकेटबाट टाढिएका उनी पछिल्ला वर्षहरूमा पुनः मैदान फर्किएका हुन्। हाल उनी रोयल एन्टवर्प क्रिकेट क्लबमा बोर्ड सदस्य, खेलाडी तथा जुनियर प्रशिक्षकका रूपमा सक्रिय छन् र स्थानीय खेलाडीलाई क्रिकेट सिकाउने काम पनि गर्दै आएका छन्।
उनले जेबीबाट खेल्न उत्साहित रहेको बताएका छन् । ‘म निकै उत्साहित छु, म सधैं नेपाली क्रिकेटलाई पछ्याउँदै आएको छु। एउटै टोलीमा नेपाली खेलाडीहरूसँग खेल्न पाउनु झन् विशेष लागिरहेको छ। जेबी ब्रुग्सबाट खेल्दै नेपाली खेलाडीहरूसँग ड्रेसिङ रूम शेयर गर्न पाउने कुराले अझै उत्साह थपिएको छ’ उनले अनलाइनखबरसँग भने ।
जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ ।
ड्राफ्टबाट जेबीले पाँच नेपाली खेलाडीलाई पनि अनुबन्ध गरेको छ । इयू टी-२० लिगमा कूल ८ नेपाली खेलाडीले खेल्नेछन् ।
प्रतिक्रिया 4