+
+
Shares

सोनल चौहानले गरिन् पशुपति दर्शन, इमरान हास्मीको ‘जन्नत’ बाट चर्चामा छिन्

फिल्म ‘जन्नत’ मा अभिनेता हास्मीसँगको जोडीले उनलाई रातारात चर्चामा ल्याएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड तथा दक्षिण भारतीय अभिनेत्री सोनल चौहान अहिले काठमाडौंमा घुमघाममा ब्यस्त छिन् र बुधबार बिहान उनले पशुपतिनाथ मन्दिरको दर्शन गरिन्।
  • सोनलले इन्स्टाग्राममा शिव मन्त्रसहितको क्याप्सन लेख्दै आकर्षक फोटोहरू सेयर गरेकी छन्, जसमा उनले 'कर्ता करे ना कर सके, शिव करे सो होए....।' लेखेकी छन्।
  • सोनलले सन् २००८ मा फिल्म 'जन्नत' बाट बलिउड यात्रा सुरु गरेकी थिइन् र हालै 'मिर्जापुर : द फिल्म' मा जोडिएको खबर सार्वजनिक भएपछि उनको करिअर फेरि चर्चामा आएको छ।

काठमाडौं । बलिउड तथा दक्षिण भारतीय अभिनेत्री सोनल चौहान अहिले काठमाडौं घुमघाममा ब्यस्त छिन् । बुधबार बिहान उनले पशुपतिनाथ मन्दिरको दर्शन गरिन् ।

पशुपति दर्शनपछि इन्स्टाग्राममा उनले शिव मन्त्रसहितको क्याप्सन लेख्दै आकर्षक फोटोहरू सेयर गरेकी छन् । लेख्छिन्, ‘कर्ता करे ना कर सके, शिव करे सो होए….। तीन लोक नौ खंड में, महादेव से बड़ा ना कोय….। ॐ नमः शिवाय ।’

सन् २००८ मा प्रदर्शन भएको फिल्म ‘जन्नत’ बाट बलिउड यात्रा सुरु गरेकी सोनल छोटो समयमै दर्शकमाझ लोकप्रिय बनिन् । इमरान हास्मी स्टारर उक्त फिल्मबाट उनले प्रसिद्धी पाइन् ।

उत्तर प्रदेशमा जन्मिएकी सोनल अभिनयमा आउनुअघि उनी मोडलिङ क्षेत्रमा सक्रिय थिइन् । सन् २००५ मा उनले ‘फेमिना मिस इन्डिया वल्र्ड टुरिज्म’ उपाधि जितेकी थिइन् । सोही वर्ष ‘मिस वल्र्ड टुरिज्म’ जित्ने पहिलो भारतीय बनेर चर्चा कमाएकी थिइन् ।

फिल्म ‘जन्नत’ मा अभिनेता हास्मीसँगको जोडीले उनलाई रातारात चर्चामा ल्याएको थियो । यस फिल्ममा उनको अभिनयलाई सकारात्मक प्रतिक्रिया मिलेको थियो र उनी ‘सर्वोत्कृष्ट डेब्यु अभिनेत्री’का लागि मनोनयनसमेत भएकी थिइन् ।

त्यसपछि उनले हिन्दी मात्र होइन, तेलुगु, तमिल र कन्नड भाषाका फिल्ममा पनि काम गरिन् । लिजेन्ड, डिक्ट्याटर, पान्दगा, छेस्कोजस्ता दक्षिण भारतीय फिल्ममा पनि उनले अभिनय गरेकी छन् ।

सोनल गायनमा पनि रुचि राख्छिन् । उनले केही फिल्मका गीतमा स्वरसमेत दिएकी छन् । हालै उनी वेब सिरिजबाट विकसित हुँदै आएको चर्चित कथामा आधारित फिल्म ‘मिर्जापुर : द फिल्म’ मा पनि जोडिएको खबर सार्वजनिक भएपछि उनको करिअर फेरि चर्चामा आएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?