+
+
Shares

दुरुपयोग भएको डाक्टर दर्ता नम्बर रोक्न मेडिकल काउन्सिलको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकलाई दर्ता प्रमाणपत्र आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामा मात्र प्रयोग गर्न निर्देशन दिएको छ।
  • काउन्सिलले चिकित्सकले आफू संलग्न नरहेका क्लिनिक वा अस्पतालमा दर्ता प्रमाणपत्र राख्दा भ्रम उत्पन्न हुने र व्यावसायिक आचारसंहिताको उल्लंघन हुन सक्ने जनाएको छ।
  • रजिष्ट्रार डा. सतिसकुमार देवले चिकित्सकहरूले आफू कार्यरत नरहेका पुराना स्वास्थ्य संस्थाबाट आफ्नो नाम, प्रमाणपत्र र दर्ता नम्बर तत्काल हटाउनुपर्ने बताउनुभएको छ।

११ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकलाई दर्ता प्रमाणपत्र आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामा मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।

काउन्सिलले चिकित्सकले एनएमसी रजिस्ट्रेसन सर्टिफिकेट आफू संलग्न नरहेका क्लिनिक वा अस्पतालमा राख्दा सर्वसाधारणमा भ्रम उत्पन्न हुने र यसले व्यावसायिक आचारसंहिताको उल्लंघन गर्न सक्ने जनाएको छ ।

रजिष्ट्रार डा. सतिसकुमार देव अनुसार कतिपय अवस्थामा चिकित्सकको नाम र दर्ता नम्बर कार्यरत नभएका संस्थामा समेत प्रयोग भइरहेका भेटिएको छ ।

यसले बिरामीहरूलाई गलत सन्देश दिने, सेवा प्रदायकको पहिचानमा अन्योल सिर्जना गर्ने र अन्ततः स्वास्थ्य सेवाप्रति विश्वासमा असर पार्ने जोखिम बढाएको डा. देव बताए ।

यस्ता गतिविधिले भविष्यमा कानुनी तथा प्रशासनिक जटिलता निम्त्याउन सक्ने चेतावनी दिँदै काउन्सिलले चिकित्सकलाई सचेत गरेको छ ।

साथै, आफ्ना विवरणहरूको दुरुपयोग हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि निर्देशन दिइएको छ ।

काउन्सिलको सूचना अनुसार चिकित्सकहरूले आफू कार्यरत नरहेका पुराना स्वास्थ्य संस्थाबाट आफ्नो नाम, प्रमाणपत्र र दर्ता नम्बर तत्काल हटाउनुपर्नेछ ।

साइनबोर्ड, विज्ञापन सामग्री तथा दर्ता पुस्तकहरूमा आफ्नो विवरणको प्रयोग सही छ वा छैन भन्ने विषयमा नियमित निगरानी गर्न पनि भनेको छ ।

डा. देवले भने, ‘ चिकित्सकहरूलाई व्यावसायिक नैतिकता कायम राख्दै जिम्मेवार ढंगले आफ्नो विवरण प्रयोग गर्न अनुरोध गरेका छौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?