News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २४ घण्टाको अल्टिमेटमसहित 'कारबाही किन हुनु नपर्ने हो ?' भनेर पत्र पठाएको छ।
- राखेपले बुधबार साँझ ५ बजेसम्म एन्फाको जवाफ कुर्ने र त्यसपछि के गर्ने निर्णय गरिने जनाएको छ।
- एन्फाले राखेपको स्वीकृतीबिना निर्वाचन गर्न खोजेपछि विवाद सिर्जना भएको छ र राखेपले पटकपटक निर्वाचन स्थगित गर्न पत्र पठाएको छ।
११ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई जवाफ कुरिरहेको छ ।
राखेपले मंगलबार एन्फालाई ‘कारबाही किन हुनु नपर्ने हो ?’ भन्ने कारण सोध्दै २४ घण्टाको अल्टिमेटमसहित पत्र पठाएको थियो । राखेपले अहिले सोही पत्रको जवाफ कुरिरहेको हो ।
बुधबार साँझ ५ बजेसम्म एन्फाको जवाफ कुर्ने र त्यसपछि के गर्ने भन्ने निर्णय गरिने राखेपका एक कार्यकारी समितिले बताए ।
एन्फाले स्वीकृतीबिना निर्वाचन गर्न खोजेपछि विवाद सिर्जना भएको थियो । राखेपले पटकपटक निर्वाचन स्थगित गर्न पत्र पठाएको थियो । तर, एन्फाले टेरेको छैन ।
प्रतिक्रिया 4