+
+
Shares

जाँचबुझ आयोगले भन्यो : डिस्कर्डमा पेट्रोल बम निर्माण गर्ने छलफल भएको थियो

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पेट्रोल बम निर्माण गर्ने विषयमा आन्दोलनरत पक्षले छलफल गरेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय आयोगले पेट्रोल बम निर्माण गर्ने विषयमा आन्दोलनरत पक्षले छलफल गरेको पत्ता लगाएको छ।
  • प्रतिवेदनअनुसार, डिस्कर्ड नामक सञ्जालका विभिन्न ग्रुपहरूमा मोलोटोभ कक्टेल निर्माण, तोडफोड, लुटपाट र आगजनी गर्ने धारणा फैलाइएको थियो।
  • भदौ २२ गते आयोजकहरूले प्रहरीलाई पेट्रोल बम निर्माण र अराजक गतिविधि रोक्न खबर गरेको र साइबर ब्युरोलाई अनुरोध गरेको आयोगले उल्लेख गरेको छ।

११ चैत, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पेट्रोल बम निर्माण गर्ने विषयमा आन्दोलनरत पक्षले छलफल गरेको पाइएको छ । जेनजी आन्दोलनका घटना जाँचबुझका लागि गठित उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदनमा यसबारे खुलाएको हो ।

‘डिस्कर्ड नाम गरेका विभिन्न सञ्जालको पनि विभिन्न ग्रुपहरू थिए । तीमध्येको एउटा डिस्कर्ड ग्रुपमा अराजक गतिविधि मोलोटोभ कक्टेल ( पेट्रोल बम) निर्माण गर्ने, तोडफोड, लुटपाट र आगजनी गर्न सक्नेजस्ता धारणा प्रेसित गरिएको थियो’ प्रतिवेदनमा उल्लेख छ ।

भदौ २३ गतेका आयोजकहरूले यसबारे थाहा पाएको र प्रदर्शनअघि (भदौ २२ गते) नै प्रहरीलाई खबर गरेको प्रतिवेदनमा उल्लेख छ ।

‘…प्रहरीलाई खबर गरेको र सो रोक्न/हटाउन साइबल ब्युरोलाई अनुरोधसमेत गरेको भनी केही आयोजकमध्ये आयोगसमक्ष सुधन गुरुङले आफ्नो कुरा व्यक्त गरेका छन्’ प्रतिवेदनमा थप उल्लेख छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?