+
+
Shares
जाँचबुझ आयोगको प्रतिवेदन :

‘जेनजी आन्दोलनबारे गुप्तचर र सुरक्षा निकायले कुनै विश्लेषण गरेका थिएनन्’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न बनेको आयोगले राष्ट्रिय अनुसन्धान विभाग र सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले राष्ट्रिय अनुसन्धान विभाग र सुरक्षा निकायको भूमिका प्रश्न उठाएको छ।
  • राष्ट्रिय अनुसन्धान विभागले सामाजिक सञ्जालमा विरोधी भावनाको विश्लेषण नगरेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।
  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलन शान्तिपूर्ण सुरु भए पनि सुरक्षा निकायलाई हिंसाको पूर्वसूचना थिएन।

११ चैत, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न बनेको आयोगले राष्ट्रिय अनुसन्धान विभाग र सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको छ ।

अनुसन्धान विभागले विभिन्न सामाजिक सञ्जाल, डिस्कर्ड ग्रुपहरूमा पेट्रोल बम बनाउने, तोडफोड र आगजनी गर्नेबारे छलफल भएको भएबारे कुनै सूचना सुरक्षा संयन्त्रलाई दिन नसकेको बताएको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा राष्ट्रिय अनुसन्धान विभागले युवा वर्गमा बढ्दै गएको विरोधी भावनाको कुनै विश्लेषण नगरेको भन्दै प्रश्न उठाएको छ ।

‘राष्ट्रिय अनुसन्धान विभागलाई सञ्जालमा व्यक्त गरिएका म्यासेजको बारेमा विशेष जानकारी थिएन । राष्ट्रिय अनुसन्धान विभागले युवा वर्गमा बढ्दै गएको संस्थापन विरोधी भावनाको कुनै विश्लेषण नगरेको देखिन्छ,’ सरकारले सार्वजनिक गर्न हिच्किचावट गरिरहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले सरकारका अन्य तालुक निकायले पनि जेनजी आन्दोलनको तयारीबारे विश्लेषण र अनुसन्धान नगरेको पाइएको भनेको छ ।

भदौ २३ गतेको प्रदर्शनका लागि अनुमति लिएको तीन समूहले भनेझैँ प्रदर्शन शान्तिपूर्ण सुरु भएपनि केही समयमै प्रदर्शन उग्र बनेको प्रतिवेदनमा उल्लेख छ ।

‘प्रदर्शन यसरी उग्र हुन्छ भन्ने विषयमा न त आयोजकमध्येका कसैलाई कुनै आभाष थियो न त सरकारका सुरक्षा निकायलाई नै कुनै जानकारी थियो,’ प्रतिवेदनमा थप भनिएको छ ।

प्रतिवेदनमा भदौ २२ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भएको ब्रिफिङमा पनि प्रदर्शन यो तहमा हुन्छ भन्नेबारे कसैले नभनेको उल्लेख छ ।

‘बैठकमा राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीलगायत सबै सुरक्षा निकायका प्रमुखहरूबाट भदौ २३ गते जेनजीहरूले शान्तिपूर्वक प्रदर्शन गर्नेबारे जानकारी गराएका थिए,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त प्रदर्शनमा हुन सक्ने सम्भावित हिंसाबारे जानकारी गराइएको थिएन ।’

केही रिपोर्टहरूमा भने भदौ २३ गते शान्तिपूर्वक प्रदर्शनमा केही उच्छृंखल व्यक्तिहरूको घुसपैठ हुनसक्ने र स्थितिलाई उत्तेजक बनाउने प्रयास हुन सक्ने आंकलन गरिएको भए पनि संसद् भवन तोडफोड, आगजनी हुने विश्लेषण भएको नपाइएको राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई उदृत गरेर आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?