+
+
Shares

मिर्चैयामा निःशुल्क आँखा शिविर, ३१२ जनाले पाए नयाँ दृष्टि

सुरेश राय सुरेश राय
२०८२ चैत १२ गते ७:४७

१२ चैत, सिरहा । पाँच वर्षदेखि हिरादेवी महरा अँध्यारो जीवन बाँचिरहेकी थिइन् । आर्थिक अवस्था कमजोर भएकोले उनले उपचार गराउन सकिनन् ।

उनलाई मोतियाविन्दुको समस्या थियो । जसकारण उनका लागि संसार केवल अँध्यारो मात्रै थियो । तर, चैतको पहिलो साता उनी नगरपालिकामा आयोजित वृहत निःशुल्क आँखा शिविरमा पुगिन् । विशेषज्ञ चिकित्सकले उनको आँखा जाँच गरे ।

जाँचपश्चात उनको आँखाको शल्यक्रिया गर्नुपर्ने भयो । उनको शल्यक्रिया भयो ।  हिरा देवीले खुशीले भरिएको स्वरमा भनिन्, ‘अब म राम्ररी संसार हेर्न सक्छु’, उनले आफ्नै नगरपालिकामा यस्तो सेवा पाउँदा विश्वासै नलागेको बताइन् ।

उनकै जस्तै समस्यामा थिइ, मिर्चैया-६ की करिब ६० वर्षीया शिवकुमारी साह ।  आर्थिक अभावका कारण उपचार सम्भव थिएन। उनले मुस्कुराउँदै भनिन्, ‘गरीबसँग पैसा हुँदैन, स्वास्थ्य बिग्रँदा थला परेरै मरिन्छ। तर, यहाँ निःशुल्क सेवा पाएर जीवनमा नयाँ उज्यालो देखिन थालेको छ ।’

मिर्चैया-१ का रामशंकर यादव र स्थानीय सुमित्रादेवी यादवले पनि यही शिविरबाट आँखाको उपचार गराएर जीवनमा नयाँ दृष्टि पाउँदाएका छन् ।

मिर्चैया नगरपालिका र तिलगंगा आँखा अस्पताल काठमाडौंको सहकार्यमा भएको शिविरमा ३१२ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले बताए । दृष्टि परीक्षण, मोतियाविन्दु छनोट र चस्मा जाँचसहित सबै सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिएको उनले बताए।

चिकित्सक बासुदेव अधिकारीका अनुसार, अस्पतालमा अपरेशनको खर्च करिब २८ देखि ३० हजार रुपैयाँ पर्न सक्छ । तर, यहाँ प्रत्येक अपरेशनको लागि मात्र १४ हजारमा सेवा उपलब्ध गराइएको हो, जसमा औषधि, जाँच र भाडासमेत समावेश छ ।

मिर्चैया नगरपालिकाका मेयर यादवले दलित र विपन्न परिवारका वृद्ध नागरिकहरुलाई आँखाको समस्या भएको र आर्थिक अभावकै कारण उपचार गराउन नसकेको खबर पाएपछि तिलगंगा आँखा अस्पतालसँग मिलेर शिविर आयोजना गरेको बताए ।

स्वास्थ्य शाखा प्रमुख राजनकुमार साहका अनुसार, चैत २ देखि ८ गतेसम्म प्रत्येक वडा र मिर्चैया अस्पतालमा भएको स्क्रिनिङ शिविरमा चार हजार ५५० जनाको आँखाको उपचार गरिएको थियो,जसमा ३१२ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?