+
+
Shares

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपाको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते ९:५९

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा बालेन शाहको शपथ ग्रहण कार्यक्रमको व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुख्य सचिवलाई पत्र लेख्दै शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन भनेका हुन् ।

आज चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम हुँदैछ । भोलि चैत १३ गते भने प्रधानमन्त्रीको रुपमा रास्वपा बरिष्ठ नेता बालेन शाहले शपथ ग्रहण गर्दैछन् ।

शपथ ग्रहण समारोह मध्याह्न १२:३४ बजे शीतल निवासमा हुनेछ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने कार्यक्रम समेत छ ।

त्यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने तयारी छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?