+
+
Shares

जितु नेपाल अभिनित ‘आइएम जितबहादुर’ को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १२:३३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'आइएम जितबहादुर' को संक्षिप्त टिजर युट्युबमा रिलिज भएको छ जसले मुख्य पात्र जितुको क्यारेक्टर लुक्स देखाउँछ।
  • फिल्मको प्रदर्शन मिति औपचारिक रूपमा घोषणा हुन बाँकी छ तर ५ असारमा प्रदर्शन गर्ने तयारी छ।
  • फिल्मलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन् र यो फिल्मबाट जितु पहिलोपटक निर्माता बनेका छन्।

काठमाडौं । जितु नेपालको निर्माण र शीर्ष अभिनय रहेको फिल्म ‘आइएम जितबहादुर’को संक्षिप्त टिजर युट्युबमा रिलिज भएको छ । टिजरले मुख्य पात्र जितुको ‘क्यारेक्टर लुक्स’ बारे जानकारी दिन्छ ।

प्रदर्शन मिति घोषणा गरिएको छैन, यद्यपि, फिल्मको प्रदर्शन ५ असारमा गर्ने तयारी छ । यसको औपचारिक घोषणा हुन बाँकी छ । नयाँ पोस्टरमार्फत प्रदर्शन मिति घोषणा हुने जानकारी जितुले दिए ।

यो फिल्मलाई केही हिन्दी र बंगाली भाषाका फिल्म निर्देशन गरेका शुभेन्दु घोषले निर्देशन गरेका हुन् । भारतको कोलकाता निवासी घोष लामो समयदेखि मुम्बईमा बस्दै आएका छन् ।

यस फिल्मको पोस्ट-प्रोडक्सनका काम सबै मुम्बईमा गरिएको हो । टिजर हेर्दा पनि यसको सम्पादन, ग्राफिक्स र ध्वनि गुणस्तरीय देखिन्छ । यो फिल्मबाट जितु पहिलोपटक निर्माता बनेका हुन् ।

फिल्ममा एक नेपाली कलाकारको संघर्ष र सफलताको कथावस्तु समेटिएको छ ।

फिल्ममा जितुसहित वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनालको शीर्ष अभिनय छ । यो फिल्म कर्मभूमि क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?