News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिँदैछन्।
- ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउँदैछन् र ६३ जना सांसदले मातृभाषामा शपथ लिँदैछन्।
- सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् र सचिवालयले दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ।
१२ चैत, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको केहीबेरपछि शपथ हुँदैछ ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।
शपथमा सहभागी हुन सांसदहरू धमाधम सिंहदरबारस्थित संसद् भवनको हलमा पुगिरहेका छन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् ।
उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबा पुगेका छन् ।
संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरूलाई यसअघि आग्रह गरिसकेको छ ।
थप तस्वीरहरू:
















प्रतिक्रिया 4