News Summary
Generated by OK AI. Editorially reviewed.- टाइम्स बास्केटबल क्लबले एचजेएनबीएल २०२६ मा लगातार आठौं जित हात पारेको छ।
- त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा टाइम्सले रोएललाई ७८-६७ ले पराजित गरेको छ।
- नेपाल बास्केटबल संघको आयोजनामा आठ टोलीबीच दोस्रो संस्करणको एचजेएनबीएल भइरहेको छ।
१२ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार आठाैं जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको खेलमा टाइम्सले रोएललाई ७८-६७ ले पराजित गरेको हो ।
टाइम्सले सुरुवाती तीन क्वाटर आफ्नो पक्षमा पार्दा चाैथो क्वाटरमा बराबरी अंक जोडेको थियो ।
टाइम्सले १५-१३, २४-१६, १७-१६ ले आफ्नो पक्षमा पार्को थियो भने चाैथो क्वाटरमा २२-२२ अंक जोडेका थिए ।
टाइम्सले लगातार आठाैं जितपछि ९ खेलबाट १७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।
टाइम्सका पेम्बा शेर्पाले सर्वाधिक २० अंक जोडे । शेर्पा म्यान अफ दि म्याच घोषित भए ।

यस्तै बुधबार राति भएको खेलमा त्रिभुभवन आर्मी क्लबले सोलो बास्केटबल क्लबलाई ८८-७० ले पराजित गर्दै साताैं जित हात पारेको छ । आर्मीको ८ खेलबाट १५ अंक भएको छ ।
आर्मीका लागि सिमोन गुरुङले सर्वाधिक २२ अंक स्कोर गरे ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
प्लेअफअन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
प्रतिक्रिया 4