+
+
Shares

काठमाडौंमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु (तस्वीरहरू)

यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ चैत १२ गते २१:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको तीनधारा पाठशालाबाट चैत्र शुक्ल अष्टमीदेखि दशमीसम्म सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ।
  • पहिलो दिन रथ तीनधाराबाट असन पुर्‍याइएको छ र असनमा पूजा-आराधना गरिनेछ।
  • रथयात्रा भोलि वसन्तपुरस्थित कालभैरवअघि लगिने र मच्छेन्द्रबहालमा समापन हुने छ।

१२ चैत, काठमाडौं । काठमाडौंको तीनधारा पाठशालाबाट बिहीबार साँझ सेतो मच्छेन्द्रनाथको रथयात्रा निकालिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दशमीसम्म राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिन्छ ।

पहिलो दिन आज रथ तीनधाराबाट असन पुर्‍याइएको छ । असनमा रथको पूजा-आराधना गरिनेछ । सहरको भित्री भागमा आज, भोलि र पर्सीगरी तीन दिनसम्म रथयात्रा चल्नेछ ।

असनबाट अब रथ दोस्रो दिन अर्थात् भोलि वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुन: रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर समापन हुनेछ ।

यसअघि तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाइएको थियो ।  यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।

राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छेन्द्रनाथको रथयात्रा हुन्छ ।

तस्वीरहरू :

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?