+

आईपीएल क्रिकेट आजदेखि, पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्दै

२०८२ चैत  १४ गते ६:५५ २०८२ चैत १४ गते ६:५५
आईपीएल क्रिकेट आजदेखि, पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ आजदेखि सुरु हुँदैछ ।
  • उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद भिड्नेछन्।
  • बेंगलुरुको कप्तान रजत पाटिदार छन् भने हैदराबादको निमित्त कप्तान इशान किशन छन्।

१४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ आजदेखि सुरु हुँदैछ । उद्‍घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद भिड्दै छन् ।

बेंगलुरु र हैदराबादबीचको खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ । बेंगलुरुको कप्तान रजत पाटिदार छन् भने हैदराबादको निमित्त कप्तानमा इशान किशन छन्।

नियमित कप्तान प्याट कमिन्स ढाडको चोटबाट रिकभर गरिरहेकाले सुरुवाती केही खेलका लागि उपलब्ध छैनन् । त्यसकारण किशनले कप्तानी गर्ने भएका छन् ।

प्रारम्भिक चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० खेल खेलाइनेछन् । यी खेलहरु विभिन्न १० मैदानमा खेलाइनेछ । त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेल आयोजना गरिनेछन् ।

यी खेलहरू भारतका १२ वटा विभिन्न शहरमा हुनेछन्, जसमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन् ।

यस चरणमा आठ डबल–हेडर खेल पनि समावेश गरिएको छ, जहाँ एकै दिन दुई खेल खेलाइनेछन् । दिउँसोको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे र बेलुकीको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।

आरसीबीले आफ्ना केही ‘होम’ खेल रायपुरमा पनि खेल्नेछ भने पञ्जाब किंग्सले धर्मशाला र नयाँ चण्डीगढलाई घरेलु मैदान बनाउनेछ।

धर्मशालामा मे ११ मा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेल विशेष रूपमा खेलाइनेछ, जुन अघिल्लो सिजनमा खेल्दाखेल्दै अवरुद्ध भएर रद्द भएको थियो ।

गत संस्करणको फाइनलमा बेंगलुरुले पञ्जाब किङ्सलाई पराजित गरेर पहिलोपटक उपाधि जितेको थियो ।

आईपीएल २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय