+
आईपीएल २०२६ :

कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात

२०८२ चैत  १४ गते २३:२० २०८२ चैत १४ गते २३:२०
कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ ।
  • बेंगलुरुले १५.४ ओभरमै २०२ रनको लक्ष्य पूरा गरेको छ जुन आईपीएलमा २०० भन्दा बढीको सबैभन्दा छिटो चेज हो ।
  • विराट कोहलीले अविजित ६९ रन बनाए भने देवदत्त पडिक्कलले ६१ र कप्तान रजत पाटिदारले ३१ रनको आक्रमक पारी खेले ।

१४ चैत, काठमाडौं । देवदत्त पडिक्कल र विराट कोहलीको अर्धशतक तथा कप्तान रजत पाटिदारको आक्रामक पारीमा शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ ।

घरेलु मैदान एम चिन्नास्वामीमा भएको खेलमा बेंगलुरुले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो । हैदराबादले दिएको २०२ रनको बलियो लक्ष्य बेंगलुरुले १५.४ ओभरमै पूरा गर्‍यो । आईपीएल इतिहासमा २०० भन्दा बढीको लक्ष्य सबैभन्दा छिटो चेज भएको हो।

बेंगलुरुको जितमा कोहलीले अविजित रहँदै ३८ बलमा ६९ रन बनाए । उनले ५ चौका र ५ छक्का प्रहार गरे । पडिक्कलले २६ बल खेल्दै ७ चौका र ४ छक्कासहित ६१ रन बनाए । विराट कोहली कप्तान रजत पाटिदारले १२ बलमा ३१ रनको आक्रमक पारी खेले ।

हैदराबादका लागि डेभिड पेनले २ विकेट लिए भने जयदेव उनादकट र हर्श दुबेले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो । कप्तान इशान किशनले ३८ बलमा सर्वाधिक ८० रन बनाए भने अनिकेत वर्माले २१ बलमा ४३ रन बनाए । हेनरिच क्लासेनले ३१ रन बनाए ।

हैदराबाद २९-३ मा भएको अवस्थाबाट किशन र क्लासेन मिलेर ९७ रनको साझेदारी गरेका थिए । फिल साल्टको शानदार क्याचमा क्लासेन आउट भएका थिए भने सेट ब्याटर किशनको क्याच पनि साल्टले नै लिएका थिए ।

आरसिबीका लागि ज्याकब डफीले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । रोमारियो शेपहर्डले ४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सुयाश शर्माले १-१ विकेट लिए ।

आईपीएल २०२६ रोयल च्यालेन्जर्स बेंगलुरु सनराइजर्स हैदरावाद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय