+
+
Shares

महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा

सरकारले महिलाहरूको सुरक्षाका लागि भन्दै ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि सारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते २३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले महिलाहरूको सुरक्षाका लागि सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ।
  • सरकारले पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा ब्लु बस सञ्चालनमा ल्याउने कार्यसूचीमा उल्लेख गरेको छ।
  • सार्वजनिक यातायातमा लैंगिक हिंसा रोक्न सबै सवारीमा सीसी क्यामेरा जडान र राइड सेयरिङ एपमा एसओएस बटन अनिवार्य गर्ने योजना छ।

१४ चैत, काठमाडौँ । सरकारले महिलाहरूको सुरक्षाका लागि भन्दै ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि सारेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा यो योजना पनि समावेश छ ।

‘महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने,’ सरकारको कार्यसूचीमा उल्लेख छ, ‘पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने ।’

त्यस्तै सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गनए सबै सवारी साधनमा सीसी क्यामेरा जडान गर्ने, राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनभित्र सम्पन्न गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?