+
आईपीएल २०२६ :

रिकेल्टन र रोहितको अर्धशतकमा मुम्बईको कीर्तिमानी जित

२०८२ चैत  १५ गते २३:३० २०८२ चैत १५ गते २३:३०
रिकेल्टन र रोहितको अर्धशतकमा मुम्बईको कीर्तिमानी जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बई इन्डियन्सले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
  • रायन रिकेल्टनले ८१ र रोहित शर्माले ७८ रन बनाएर पहिलो विकेटमा १४८ रनको साझेदारी गरे ।
  • मुम्बईले १३ वर्षपछि पहिलो खेल जितेको हो र २२१ रनको लक्ष्य ५ बल बाँकी छँदा पूरा गर्‍यो ।

१५ चैत, काठमाडौं । ओपनरद्वय रायन रिकेल्टन र रोहित शर्माले अर्धशतकसहित शतकीय साझेदारी बनाएपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शानदार जित हासिल गरेको छ ।

वाङ्खेडे स्टेडियममा आइतबार बेलुका भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्‍यो । कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यो मुम्बईले पूरा गरेको सर्वाधिक योगफलको रन चेज समेत हो । ३००औं टी-२० खेल खेलिरहेको मुम्बईले यही खेलमा कीर्तिमानी चेज गरेको हो ।

रिकेल्टनले ४३ बलमा ४ चौका र ८ छक्कासहित ८१ रन बनाए । रोहितले ३८ बलमा ६ चौका र ६ छक्कासहित ७८ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरे ।

तिलक वर्माले १४ बलमा २० रन बनाए । कप्तान हार्दिक पान्ड्याले अविजित ११ तथा नमन धिरले अविजित ५ रन बनाए ।

कोलकाताका लागि वैभव अरोरा, सुनिल नरायनले र कार्तिक त्यागीले एक-एक विकेट लिए । रिकेल्टन रनआउट भएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो । अजिन्क्या रहानेले ४० बलमा ३ चौका र ५ छक्कासहित ६७ रन बनाए ।

अंगकृश रघुवंशीले ५१ रन बनाए। फिन एलेनले ३७ तथा रिंकु सिंहले अविजित ३३ रन बनाए ।

मुम्बईका शार्दुल ठाकुरले ४ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । कप्तान हार्दिक पान्ड्याले १ विकेट लिए ।

मुम्बईले १३ वर्षपछि आईपीएलको पहिलो खेल जितेको हो । सन् २०१३ देखि यता मुम्बई सधैं पहिलो खेलमा पराजित हुँदै आएको थियो ।

आईपीएल २०२६ कोलकाता नाइट राइडर्स मुम्बई इन्डियन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय