+
+
Shares

दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षण र बजारीकरण गर्न प्रधानमन्त्रीसँग सांसद खनालको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते २२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद केपी खनालले प्रधानमन्त्री बालेन्द्र शाहलाई अछामको दुर्लभ ‘नौ मुठ्ठे’ गाई संरक्षणका लागि ध्यानाकर्षण गराएका छन्।
  • खनालले ‘नौ मुठ्ठे’ गाईको अध्ययन गरी व्यवस्थित गौशाला निर्माण र उत्पादनको बजारीकरणले सुदूरपश्चिमको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।
  • सांसद खनालले सेती लोकमार्ग निर्माण, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु गर्नुपर्ने र वासुलिङ्ग सुगर मिल पुनः सञ्चालन आवश्यक रहेको उल्लेख गरे।

१७ चैत, काठमाडौं । रास्वपा सांसद केपी खनालले अछाम जिल्लामा मात्र पाइने दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षणबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्री शाहले सुदूरपश्चि प्रदेशका सांसदहरूसँग त्यहाँका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए ।

सो क्रममा उनले ‘नौ मुठ्ठे’ गाइबाट हुने उत्पादनको बजारीकरणका लागि ध्यानाकर्षण पनि गराएका हुन् ।

सांसद खनालले लोपोन्मुख अवस्थामा रहेको यो विशिष्ट प्रजातिको गाईको अध्ययन र संरक्षणका लागि राज्यले तत्काल कदम चाल्नुपर्ने बताए ।

‘अछाममा मात्रै पाइने यो दुर्लभ गाईको अध्ययन गरी व्यवस्थित गौशाला निर्माण गर्न आवश्यक छ,’ उनले भनेका छन्, ‘यसबाट उत्पादन हुने गौमूत्र, गोबर, दूध र घ्यूलाई व्यवस्थित ढंगले बजारीकरण गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धिमा टेवा पुग्नेछ ।’

अछामको रैथाने प्रजाति मानिने ‘नौ मुठ्ठे’ गाई विश्वकै सबैभन्दा सानो प्रजातिको गाई मानिन्छ ।

सुदूरपश्चिमको विकास र आगामी बजेटमा समेट्नुपर्ने योजनाका बारेमा भएको उक्त छलफलमा सांसद खनालले अन्य विभिन्न एजेन्डाहरू पनि राखेका थिए ।

उनले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल पठनपाठन सुरु गर्नुपर्ने, टीकापुर–बझाङ–ताक्लाकोट जोड्ने ‘सेती लोकमार्ग’ निर्माणमा तीव्रता दिनुपर्ने र विगत २० वर्षदेखि बन्द रहेको वासुलिङ्ग सुगर मिल पुन: सञ्चालनमा ल्याउनुपर्ने विषयलाई उठाएका थिए ।

छलफलका क्रममा सांसद खनालले महाकाली करिडोर, चिसापानी–मंगलसेन सडक खण्ड, खक्रौला नाकामा क्वारेन्टाइन व्यवस्थापन, र छाडा चौपायाको उचित व्यवस्थापन जस्ता विषय उठाएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?